२०८१ बैशाख १५, शनिबार    

घिमिरेको नेतृत्वमा जिल्ला ब्याडमिन्टन संघ गठन

२०८० भाद्र १६, शनिबार १९:१८ बजे

मकवानपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा ध्रुवप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् ।

शनिबार हेटौंडामा भएको भेलाबाट घिमिरेको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरिएको हो ।

भेलाले संघको वरिष्ठ उपाध्यक्षमा विजयसिंह ठकुरी, उपाध्यक्षमा माधवी बोस, सुरेन्द्र प्रधान र देवबहादुर घिमिरे, सचिवमा प्रल्हाद उप्रेती, कोषाध्यक्षमा बिरु गुरुङ र सहकोषाध्यक्षमा सगुन स्याङ्तानलाई चयन गरेको छ ।

समिति सदस्यमा केवलराज बानियाँ, सन्तोषकुमार क्षेत्री, दीपक सिंह बुढाथोकी, यादवजङ्ग रायमाझी, भुवन थाफा, कुमार गोले, विक्रमसिं लामा, जीवन ठकुरी, नरेन्द्र मोत्तान, नवराज राई, रमेश रेग्मी र गुणबहादुर घलान चयन भएका छन् ।

संघका सल्लाहकार हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको भेलामा जिल्ला खेलकुद विकास समिति मकवानपुरका प्रतिनिधिको उपस्थिति रहेको थियो ।