२०८१ बैशाख ८, शनिबार    

प्रतिनिधि र प्रदेशमा बहुमतको लक्ष्य लिएका छौं : खड्का

२०७९ श्रावण ४, बुधबार १७:०० बजे

नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन् ।

हेटौंडामा जनप्रतिनिधिलाई सम्मान गर्दै खड्काले पार्टीको मुलभुत एजेन्डा पूरा गर्न पनि बहुमत आवश्यक रहेको औंल्याए । गठबन्धनको मर्म बुझ्न जरुरी रहेको औंल्याए । ‘कांग्रेस वा शेरबहादुर देउवाले चाहेर मात्र गठबन्धन भएको होइन । यो राष्ट्रिय आवश्यकता हो ।’, उनले दुइतिहाई बहुमत पाएको नेकपाको जनबिरोधी काम, मनलाग्दी र ज्यादतीको अन्त्यको लागि गठबन्धन भएको बताए ।

‘अधिनायकवाद, संविधान र लोकतन्त्र बिरोधी गतिविधिले गठबन्धन निर्माण भएको हो ।’, उनले १२ बुँदे शान्ति सम्झौता पूरा भएको नभएको र पूरा गर्न माओवादीलाई साथमा लिएर अगाडि बढेको बताए ।