२०८१ बैशाख २१, शुक्रबार    

मकवानपुरमा पहिरोले घर बगाउँदा ५ बेपत्ता

२०८० श्रावण २३, मंगलबार ०९:१८ बजे

मकवानपुरको वाग्मती गाउँपालिका-५ भोर्लेनीमा पहिरोले घर बगाउँदा ५ जना बेपत्ता भएका छन् । भोर्लेनीका एक घर मंगलबार राति पहिरोले बगाउँदा ५ जना बेपत्ता भएका हुन् ।

वडा अध्यक्ष विजयकुमार व्लोनका अनुसार राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ५ जना घरसहित वाग्मती नदीमा बगेका हुन् । स्थानीयले एक जनाको उद्धार गरी उपचारका लागि पठाएका छन् । बाँकीको खोजी भइरहेको वडाध्यक्ष व्ल‍ोनले बताए ।

घरमा सुतिरहेका धारापानीका अक्कलबहादुर स्याङ्तान, उनकी पत्नी शान्तिमाया, छोरी शिला, ज्वाइँ जीवन पहरी र दुई जना नातीनातिना रहेका थिए । धारपानीका स्थानीयले शान्तिमायाको भने उद्धार गर्न सफल भएका हुन् ।

पहिरो गएको स्थानमा एक घर मात्रै रहेको जनाइएको छ । घटनास्थलमा प्रहरी टोली पुग्दैछ ।