नयाँ वर्षको सन्दर्भ पारेर हेटौंडा–६ मा आयोजना गरिएको शुभकामना दौडका उपाधि मधु घलेले जितेका छन् ।
निर्धारित पाँच किलोमिटरको दुरी १७ मिनेट ५ सेकेण्डमा पूरा गर्दै हेटौंडा–१७, रातोमाटेका उनी च्याम्पियन भएका हुन् । निर्धारित दुरी १७ मिनेट १७ सेकेण्डमा पूरा गरेको हेटौंडा–११, नवलपुरका राजु गौतम दोस्रो भए । तेस्रो भएका टिष्टुङका चन्द्रकुमार स्याङ्तानले निर्धारित दुरी १७ मिनेट २९ सेकेण्डमा पूरा गरे ।
नेपाल तरुण दल हेटौंडा–६, इकाईंको आयोजना प्रतियोगिता भएको हो । नयाँ वर्षको सन्दर्भ पारेर वर्षेनी प्रतियोगिता आयोजना गर्ने गरिएको छ । प्रतियोगिताका विजेता, उपविजेता तथा तेस्रो हुनेले क्रमशः नगद १५, १० र ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
‘स्वस्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ ‘स्वच्छ जीवन, स्वच्छ समाज’ भन्ने भनाइलाई आधार बनाएर दौड प्रतियोगिता आयोजना गरिएको तरुण दल इकाईं सभापति कमल कोइरालाले जानकारी दिए ।