२०८१ बैशाख १४, शुक्रबार    

एपीएफ वाग्मती गोल्डकपको अन्तिम आठमा प्रवेश

२०७९ पौष २७, बुधबार १७:३८ बजे

सशस्त्र प्रहरीको एपीएफ क्लब मकवानपुरमा जारी पाँचौ संस्करणको वाग्मती गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा प्रवेश गरेको छ ।

लिग च्याम्पियन मछिन्द्र विभागीय टोलीले १–० गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा संकटस“ग भेट पक्का गरेको हो । वाग्मती गाउँपालिका–८ स्थित जनता माविको मैदानमा भएको खेलको १४ औं मिनेटमा एपीएफका लागि मणि लामाले गोल गरेका थिए । उनले मैदानको देब्रे भागबाट प्रहार गरेको फ्रिक्कि मछिन्द्रका डिफन्डर विदेशी खेलाडी बेललाई छुदै गोलमा परिणत भएको थियो ।

खेलमा एपीएफका मणि लामा खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैया“ प्राप्त गरे । विहीबार हिमालयन शेर्पा र विदेशी क्लब भुटनिज स्पोर्टस् क्लबस“ग प्रतिस्पर्धा गर्नेछ ।