२०८१ बैशाख १७, सोमबार    

कमाने महोत्सव–२०८० सुरु

२०८० पौष ६, शुक्रबार १९:२० बजे

स्थानीय उत्पादन, कला र संस्कृतिको प्रबर्द्धन गर्ने उदेश्यले हेटौंडा–८ कमानेमा शुक्रबारबाट कमाने महोत्सव–२०८० सुरु भएको छ ।

हेटौंडा–८ नम्बर वडा कार्यालयको आयोजनामा सुरु भएको महोत्सवको हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी थिइन् । वडा भित्रको स्थानीय उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव दुईदिने चल्नेछ ।

“कमानेको किनौं, कमानेलाई चिनौं” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा ७० वटा व्यापारिक स्टल राखिएका छन् । वडा नम्बर ८ को मुख्य सडकको निम चोकदेखि सागरचोकसम्मको सडक किनारामा प्रदर्शनी राखिएको छ । महोत्सव अवधिभर सो सडक खण्डमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको महोत्सव आयोजक कमिटीले जनाएको छ ।