२०८१ बैशाख १६, आईतबार    

वीपी स्मृति दिवसमा विद्यार्थीद्वारा वृक्षरोपण

२०८० श्रावण ५, शुक्रबार १४:०० बजे

प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले वृक्षरोपण तथा डष्टबिन वितरण कार्यक्रम आयोजना गरेको छ ।

संघले शुक्रबार हेटौंडा–१३, पदमपोखरीमा वृक्षरोपण तथा डष्टबिन वितरण कार्यक्रम आयोजना गरेको हो । संघले पदमपोखरीको बाडाचौर मिनी पार्कको सुन्दरता र सरसफाइ रहने बिश्वासमा नेपाली काँग्रेस वाग्मती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको सहयोगमा डष्टबिन वितरण गरी ५० भन्दाबढी बिरुवा रोपेको थियो।

नेपाली काँग्रेस मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामाको विशिष्ट आतिथ्यता रहेको थियो । नेविसंघ मकवानपुर जिल्ला उपाध्यक्ष शुसन रुम्बाको सभाध्यतामा कार्यक्रम भएको हो ।

कोइरालाको स्मृति दिवसको अवसर पारेर संघले शनिबार बिहान मकवानपुरगढी–४ स्थित मनकामना सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम आयोजना गर्दैछ । शनिबार बेलुका हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछ ।