२०८१ जेठ ४, शुक्रबार    

भेष खड्गी भए जिल्ला खेलकुद अध्यक्ष

२०७८ चैत्र ४, शुक्रबार १६:४८ बजे

मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्षमा भेष खड्गी नियुक्त भएका छन् ।

उनलाई रिक्त रहेको अध्यक्ष पदमा प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न ढकालले नियुक्त गरेका थिए । खड्गीलाई वाग्मती प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले नियुक्त पत्र हस्तान्तरण गरेका छन् । हेटौंडामा जारी प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलको दोस्रो सेमिफाइनल खेल मकवानपुर र दोलखाको खेल दौरान नियुक्त पत्र हस्तान्तरण गरिएको हो ।

खड्गी नेपाली कांग्रेसकोतर्फबाट समितिको अध्यक्षमा नियुक्त भएका हुन् । उनको कार्यकाल दुईवर्ष हुनेछ । यसअघि तत्कालिन डोरमणि पौडेल नेतृत्वको सरकारले जिल्ला खेलकुदमा गरेको नियुक्ती कार्यकाल सकिएसँगै स्वत: रिक्त भएको थियो ।