२०८१ बैशाख २२, शनिबार    

हेटौंडामा कांग्रेसले खाता खोल्यो, सविन न्यौपाने विजयी

२०७९ जेठ १, आईतबार १६:४२ बजे

हेटौंडा उपमहानगरपालिकाकामा नेपाली कांग्रेसले खाता खोलेको छ ।

हेटौंडा–१ मा नेपाली कांग्रेसका उम्मेदवार तथा युवा नेता सविन न्यौपाने विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार उत्तम पौडेललाई पराजित गरेका हुन् । न्यौपानेले १ सय मत गणना हुन बाँकी रहँदै विजयी भएका हुन् ।

न्यौपाने अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्षमा विजयी भएका थिए । हेटौंडाको मेयर र उपमेयरमा सत्तारुढ गठबन्धन अगाडि रहेको छ ।