२०८१ बैशाख १२, बुधबार    

दुर्घटनामा एकको मृत्यु, बसको चालक फरार

२०७९ भाद्र २, बिहीबार १४:२४ बजे

मकवानपुरको मनहरी–९, खरङ्गामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त स्थानमा दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासी जिल्लाको बुलिङटारका ३३ वर्षीय गोपाल सारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीका अनुसार आज विहान करिब ११ बजेको समयमा हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बा.०३–००१ त २४८१ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ०३–००५ प २६६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका सारुलाई उपचारका लागि चुरेहिल अस्पताल ल्याइएको थियो । उपचारको क्रममा सारुलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस र मोटरसाइकल नियन्त्रणमा रहेको पनि बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।