२०८१ बैशाख २१, शुक्रबार    

खेल क्षेत्रको विकास गर्न अहिलेको बजेटले पुग्दैन : खड्गी

२०७८ चैत्र ६, आईतबार ११:४८ बजे

जिल्ला खेलकुद विकास समिति मकवानपुरका नवनियुक्त अध्यक्ष भेष खड्गीले खेलक्षेत्रको विकास गर्न अहिलेको बजेट अपुग हुने बताएका छन् ।

जिल्ला खेलकुद विकास समिति अध्यक्षमा आइतबार पदास्थापितहुँदै खड्गीले खेलक्षेत्रमा बजेटको अभाव रहेका कारण प्रतियोगिता सञ्चालन, भौतिक पूर्वाधार निर्माण र बन्द प्रशिक्षण सञ्चालनमा समस्या हुने गरेको बताए । उनले खेल क्षेत्रको विकासका लागि सवै क्षेत्रबाट थोरैथोरै भएपनि सहयोगको आवश्यकता रहेको औंल्याएका हुन् ।

उनको पदस्थापन कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष सानु लामा, प्रदेश खेलकुद परिषद् सदस्य हिक्मत थपिलया तथा जिल्लाको खेलक्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । वाग्मती प्रदेश सरकारले खड्गीलाई दुई वर्षका लागि खेलकुद विकास समितिको जिम्मेवारी हस्तान्तरण गरेको हो । उनी समितिका पूर्वकोषाध्यक्ष समेत हुन् ।

लामो समयदेखि खेलकुदमा सक्रिय खड्गी जिल्ला बक्सिङ संघ र सुमन भोम्जन खेलकुद प्रतिष्ठानको अध्यक्ष भएर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् ।