२०८३ असार ४, बिहीबार    

बकैया गाउँपालिकामा सवारी दुर्घटना, २२ जना घाइते

२०८१ मंसिर १९, बुधबार १२:३३ बजे

हेटौंडा–सिन्धुली सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ ।

बुधबार बिहान बकैयाँ गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस दुर्घटनामा २२ जनाको घाइते भएका छन् । घाइतको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको बा.५ ख ६६५३ नम्बरको बस सडकबाट केही तल पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनाको अन्य विवरण आउन बाँकी रहेको छ भने बसमा ३६ जना भन्दा बढी सवार रहेको जनाइएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।