२०८१ बैशाख १७, सोमबार    

मकवानपुरमा कांग्रेसको ‘विशेष आन्तरिक अभियान’ तीब्र

२०८० श्रावण २५, बिहीबार १८:११ बजे

नेपाली कांग्रेसले विशेष आन्तरिक अभियानलाई मकवानपुरमा तीब्ररुपमा अगाडि बढाइएको छ । 

साउन २० गतेदेखि ३० गतेभित्र केन्द्रीय निर्देशनानुसार पार्टीको विभिन्न इकाईं समितिको बैठक बस्दै पार्टीको आन्तरिक विषयमा विस्तृतरुपमा छलफल भइरहेको मकवानपुर सभापति बुद्ध लामाले जानकारी दिए ।

पार्टीलाई चलायमान बनाउन र कार्यकर्तामा पार्टीको आगामी रणनीतिको विषयमा जानकारी गराउन विशेष आन्तरिक अभियान सुरु गरिएको उनले बताए । ‘पार्टीको केन्द्रीय निर्देशन अनुसार दैनिकरुपमा छलफल भइरहेको छ ।’, उनका अनुसार अभियानअन्तर्गत् साउन २० र २१ गते नेपाली कांग्रेस मकवानपुरको पूर्ण कार्यसमिति बैठक बसेर अभियान आरम्भ गरिएको थियो । बैठकले पार्टीको हितमा विभिन्न निर्णयसमेत गरेको छ ।

अभियानअन्तर्गत् साउन २३ र २४ गते मकवानपुर प्रतिनिधिसभा क्षेत्र–१ र २ इकाईंको बैठक बसेको थियो, । साउन २५ र २६ गते मकवानपुर प्रदेशसभा, नगरपालिका र गाउँपालिका इकाईंहरु बैठक बस्दैछ ।

साउन २७ र २८ गते मकवानपुर जिल्लाका सबै वडा इकाईं बैठक बस्नेछन् भने २९ गते नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग बैठक हुने कार्यतालिका रहेको छ । साउन ३० गते जिल्लाका कार्यकर्ता भेला गरी अभियान समापन गरिने सभापति लामाले जानकारी दिए ।