२०८१ बैशाख २७, बिहीबार    

लागूऔषध दुव्र्यसन अन्तर्राष्ट्रिय समस्या : मन्त्री रत्नप्रसाद ढकाल

२०७९ असार १, बुधबार १५:५१ बजे

वाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले लागूऔषध दुव्र्यसन अन्तर्राष्ट्रिय समस्या भएको बताएका छन् । रिकभरिङ नेपालको समन्वय तथा वाग्मती प्रदेश युवा परिषद्को सहयोगमा मंगलबार हेटौंडामा भएको लागूऔषध दुुव्र्यसन विरुद्धको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले नेपालमा दुव्र्यसनको समस्या जटिल बन्दै गएको बताएका हुन्

। कारागारमा रहेका अधिकांश युवा लागूऔषधको कारण कैदीबन्दी जीवन बिताउन बाध्य भएको उनको भनाई थियो । संगतका कारण लागूऔषध प्रयोगकर्ता बृद्धि भैरहेको भन्दै उनले प्राथमिक हल शिक्षा नै भएको बताए । वाग्मती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले सबै सचेत भैदिए सुधार केन्द्रको आवश्यक नै नपर्ने धारणा राखे । रिकभरिङ नेपालका निर्देशक विष्णु फुयाँल शर्माका अनुसार नेपालमा ५ हजार जना लागूऔषधबाट रिकभरिङको चरणमा रहेका छन् ।

अहिले नेपालमा एकलाख ३२ हजार जना कडा खाले लागूऔषध प्रयोगकर्ता रहेको उनले बताए । जसमध्ये १२ हजार जना महिला रहेका छन् । लागूऔषध प्रयोगकर्ताको संख्या प्रत्येक बर्ष ५ दशमलव ६ प्रतिशतले वृद्धि भैरहेको उनले जानकारी दिए । कार्यक्रमका सहभागीहरुले सरकारले क्षति न्यूनीकरणमा ध्यान नदिएको गुनासो गरेका छन् । नीति कार्यक्रम र बजेटमा लागूऔषधको बिषय नै नपरेको उनीहरुको गुनासो छ । यस्तै लागूऔषध नियन्त्रणको क्षेत्रमा काम गर्ने संस्थाहरु सहयोगी निकायको भर पर्नुपरेको भन्दै राज्यले सहयोग नगरेको बताएका छन् ।

यस्तै पूर्व लागूऔषध प्रयोगकर्ताहरुले आफूहरुलाई समाजमा गलत नजरले हेर्ने गरेको, अपराधीको संज्ञा दिने गरेको गुनासो गरेका छन् । रिकभरिङ नेपालका दिवाकरराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाई, खेलकुद मन्त्रालयका सचिव ध्र्र्रुव गैंडा, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता थियो ।