२०८३ बैशाख ७, सोमबार    

६ वर्षपछि हेटौंडामा एन्फा प्रेसिडेन्ड लिगहुँदै

२०८२ कार्तिक १८, सोमबार १७:१५ बजे

एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिता–२०८२ बुधबारबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौंडामा छवर्षपछि सञ्चालन हुन लागेको लिगबारे पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको छ । एन्फाका प्रवक्ता सुरेश शाहले प्रेसिडेन्ट लिगमा दश टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । जसमा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृती युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), का“क्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृती (बारा), विजय स्पोट्र्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहु“), टाइगर्स टिम टिकाताथल (दोलखा) र लालीगुरा“स एसोसिएसन क्लब कास्की छन् ।

प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन हुनेछ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगिता मंसिर २ गतेसम्म सञ्चालन हुनेछ । सेमिफाइनलका चार टोलीले राष्ट्रिय लिगक लागि छनोट हुनेछन् ।

प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैया“ प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार रुपैया“ बजेट रहेको प्रवक्ता शाहले बताए ।