२०८१ बैशाख २३, आईतबार    

बुद्ध माविलाई राष्ट्रपति रनिङशिल्ड

२०७९ असार १९, आईतबार १४:५९ बजे

१२ औँ संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी बकैया गाउँपालिकाका बुद्ध माविले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ३ रजत र ३ कास्यसहित बुद्ध माविले उपाधी जितेको हो ।

बुद्ध माविले यस अघिको ११ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधी जितेको थियो । प्रतियोगितामा थाहा नगरपालिकाका जनकल्याण मावि द्वितीय भएको छ । ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित जनकल्याण द्वितीय भएको हो । यस्तै हेटौंडा उपमहानगरपालिकाका जनकल्याण मावि ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयका खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा जिल्लाका सात स्थानीय तहले मात्र सहभागिता जनाएका थिए । जिल्लास्तरीय प्रतियोगितामा छनौट भएका खेलाडीहरुले शनिबार र आइतबार हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले जानकारी दिए ।