२०८१ बैशाख १४, शुक्रबार    

‘सफा हेटौंडा अभियान’मा फलफूलको बिरुवा रोपियो

२०७९ श्रावण २१, शनिबार १५:३७ बजे

टोल विकास संस्थाको समन्वयमा हेटौंडा उपमहानगरपालिकाले सुरु गरेको ‘सफा हेटौंडा अभियान’ मा फलफूलका बिरुवाहरु रोपिएका छन् । हेटौंडा उपमहानगरपालिकाको समन्वयमा बनस्पती उद्यानबाट लगिएका ६० वटा विभिन्न जातका फलफूलको बिरुवा हेटौंडा–७ न्युरेनी स्थित पशुपती मन्दिर परिसरमा रोपिएको हो ।

हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले नगरको सुन्दरतालाई बढाउादै लैजाने र आउने आगन्तुकहरुका लागि सुन्दर उपमहानगर देखाउने उद्देश्य अनुसार अभियानको घोषणा गरेकी हुन् । उनले हेटौंडावासीले नगरलाई सुन्दर बनाउनका लागि आफ्नै तर्फबाट अपनत्व गर्दै हरेक हप्ताको शनिवार सफाई अभियानमा सहभागि हुन अनुरोध समेत गरिन् ।

हेटौंडाको हुप्राचौरबाट सुरु भएको अभियानलाई उपमहानगरको हरेक टोल विकास संस्थामार्फत् नगरका वडा र टोल सम्म पुर्‍याइएको विपद् प्रतिकार्य फोहरमैला व्यवस्थापन तथा वातावरण शाखा प्रमुख शान्ति बिकले बताइन् । अभियान अनुसार हेटौंडा–७ न्युरेनीमा हेटौंडा उपमहानगरका प्रमुख लामा, हेटौंडा–७ का अध्यक्ष दामोदर गौतम, हेटौंडा १० का अध्यक्ष तथा वाताबरण समितिका संयोजक फुर्वादोर्जे लामासहित वडा सदस्य र टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता थियो ।