२०८१ बैशाख १४, शुक्रबार    

थाहा नगरमा एमालेको घरदैलो

२०७९ कार्तिक १५, मंगलबार १७:२५ बजे

नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार तथा एमाले बागमती प्रदेशका उपसचिब महेश कुमार बर्तौले थाहा नगरको फेदि गाउा फााटबजार बस्ती बचाउन बिशेष योजना बनाएर काम गर्ने बताएका छन् ।
थाहा नगरपालिका वडा नम्बर–१ फााटबजारमा एमाले वडा कमिटीको आयोजनामा भएको कार्यक्रमलाई संबोधन गर्दै उहााले जबजब स्थानीयले चुनाब जिते त्यति बेला मात्रै बिकास भएको इतिहाास रहेको बताए । उनले दामन, पालिउङ्ग, चित्लाङ्ग, भीमफेदी र कैलाश जोडेर पर्यटनको योजना बनाएर करिडोर निर्माण गर्न आफुले भुमिका खेल्ने बताए ।

यो क्षेत्रमा बसोबास गर्ने नेवारी समुदायको कला संस्कृति, साहित्यको संरक्षण गर्न र यसको माध्यम बाट पर्यटन बिकास गर्ने तथा यहाका जनताको चुलोको समृद्धि लेराउने दावी गरे । थाहा भन्ना साथ तरकारी जोन भनेर चिनिने भएकोले यहाको यरकारिको बेमौसमी खेती, बजार, मल बिउमा आफुले देखिने गरेर काम गर्ने बताए ।

२० बर्ष सासद भएका बिरोध खतिवडाले सदनमा चन्द्रागिरी सडकको बिरोध गरेको र जनताको बिचमा मैले गरेको भनेर भ्रम छरेको आरोप समेत उनले आरोप लगाए । २१ दिन तपाइले मिहिनेत गरेर सांसदको लागि आफुलाई म्याण्डेड मागिदिनुस आफू पाँच बर्ष जनताको नोकरको रुपमा सेवा गर्ने बताए ।

कार्यक्रममा क्षेत्र नम्बर–२ को ९क० का उम्मेदवार बिष्णु प्रसाद ढकालले आफुहरु संघ र प्रदेसको उम्मेदवार दुबैजना यहाको स्थानीय अर्गानिक उम्मेदवार रहेको बताए ।
उनले रुपचन्द्र बिष्टको सम्झना गर्दै थाहाले बिष्ट पछि पहिलो पटक उम्मेदवार पाएको बताउदै दुबै जना स्थानीय उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरे ।