२०८१ बैशाख २०, बिहीबार    

प्रदेशसभाको वैठक अनिश्चित

२०८० असार १३, बुधबार ११:१७ बजे

बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरुको अवरोध कायम रहने भएको छ । बजेट माथिको छलफलका लागि आह्वान गरिएको मंगलबारको प्रदेशसभा बैठकमा एमालेसहित विपक्षी दल राप्रपाका सांसदहरुले अवरोध गरेका थिए ।

बजेट असन्तुलित र विभेदकारी भएको भन्दै एमाले र राप्रपाका सांसदहरुले विरोध गरेका थिए । सोही अनुसारआज बुधबार विहान ११ बजेका लागि बोलाइएको बैठकमा पनि अवरोध कायम रहने भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले बुधबारको बैठक पनि चल्न नदिने बताए । सरकारले कमजोरी स्वीकार गरेर बजेट संशोधन नगरेसम्म सदन चल्न नदिने बताए ।

‘सरकारका तर्फबाट संसद चलाउन प्रयास भएपनिसहमती बन्न सकेको छैन । सरकारले कमजोरी मानेर बजेट संशोधन गर्नुपर्छ भन्ने हाम्रो काम हो । तर, हालसम्म सरकार त्यसतर्फ अग्रसर भएको देखिदैन ।’ उनले भने ।

एमाले सांसद प्रकाश श्रेष्ठका अनुसार सरकारले बजेटमा नीतिगत त्रुटि गरेका कारण त्यसमा सुधार हुनुपर्ने बताए । उनका अनुसार सरकारले बजेटमा भएको नीतिगत कमजोरीलाई भएकाले त्यसको सुधार गर्नु एमालेको बटम लाइन हो ।

‘यो कुनै व्यक्ति वा दलको विषय होइन । यो नीतिगत समस्याको कुरा हो । सरकारले बजेटमा गरेको नीतिगत कमजोरी सुधार गरेर अघि बढ्नु पर्ने एमालेको बटम लाइन हो ।’ उनले बने, ‘सरकारका तर्फबाट आफ्नो कमजोरी स्विकार गरेर बजेटमा भएको नीतिगत त्रुटि समाधानमा गरे मात्र सदन चल्छ । सो विषयमा सरकार गम्भिर भएको देखिदैन ।’

कुनै सांसद वा मन्त्री केन्द्रीत भएर बजेट विनियोजन हुन गलत प्रक्रिया भएकाले संशोधन गरेर मात्र अघि बढ्नु पर्ने उनले बताए । प्रदेशका ६६ वटा निर्वाचन क्षेत्रको सुमानुपातिक विकासमा लागि सरकारले बजेट केन्द्रीत गर्नुपर्ने उनको भनाई छ ।