२०८१ बैशाख २४, सोमबार    

पेट्रोलियम व्यवसायी आन्दोलनमा, उत्सव इटेनी संयोजक तोकियो

२०७८ चैत्र ७, सोमबार १८:५० बजे

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले मकवानपुरसहित देशभर आन्दोलन चर्काउने भएको छ ।

फागुन २३ गते नेपाल आयल निगम लिमिटेड समक्ष पेश गरेको ६ बुँदे मागबारे हालसम्म सम्बोधन नभएको भन्दै समितिले चरणबुद्ध आन्दोलन चर्काउने भएको हो । बारास्थित अमलेखगञ्ज डिपोमा आन्दोलनका लागि मकवानपुरका पेट्रोलियम व्यवसायी उत्सव इटेनीको संयोजकत्वमा रामजी कोइराला सचिव, नारायण प्रसाद न्यौपाने कोषाध्यक्ष र सदस्यहरुमा महेशकुमार दास, बिनोद चौरसिया, सुनिल साह, टिका पाण्डे, अनिल सिंह, शितलकाजी मास्के, श्याम लामा र राजन केसी रहेको संघर्ष समिति गठन गरिएको छ ।

समितिले चैत ५ बाट १८ गतेसम्म निरन्तर आन्दोलन गर्ने घोषणा गरेको छ ।