२०८१ बैशाख १५, शनिबार    

२५ जनाद्वारा रक्तदान

२०७९ माघ १८, बुधबार १५:५१ बजे

रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं स्थापना दिवसको सन्दर्भमा २५ जनाले रक्तदान गरेका छन् ।

बुधबार बिहान सहकारीको प्राङ्गणमा झएको रक्तmदान कार्यत्रममा २५ जनाले रक्तदान गरेका हुन् । रत्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग एवम् रेडियोका प्रबन्ध निर्देशक आशिष दुलालको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

पराजुलीले समाजको हरेक क्षेत्रलाई समेट्दै बार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको बताए । ॅहामीले सामुदायिक रेडियो हुनुको दायित्व पूरा गर्ने प्रयास गरिरहेका छौं’, उनले भने, ॅसप्ताहव्यापी कार्यक्रम तथा अन्य समयमा रेडियोलाई सहयोग गर्ने स्रोता, विज्ञापनदाता, शुभेच्छुक सबैमा धन्यवादसहित आझार व्यक्त गर्न चाहन्छौं ।’

कार्यत्रममा दिव्यतारा बहुउद्देश्यीय सहकारीका सचिव ईश्वर पण्डित, प्रबन्धक रमेश कोइराला, रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी ॅपोष्टराज’ लगायतको आतिथ्यता थियो ।