जेसीआई हेटौंडाको कार्यकारिणी उपाध्यक्षमा युवा व्यवसायी सन्तोष पराजुलीले उम्मेदवारी दिने भएका छन् ।
सन् २०१९ मा जेसीज सदस्य प्राप्त गरेका पराजुलीले २०२५ को नयाँ कार्यसमितिको कार्यकारी उपाध्ययक्षमा उम्मेदवारी दिने भएका हुन् ।
२०१९ बाट आफ्नो जेसीज यात्रा सुरु गरेका पराजुलीले सन् २०२० मा एरिया बी संयोजक भएर कार्य गरेका थिए । उनले २०२१ मा जेसीआई हेटौंडाका सचिव भएर सफलतापूर्वक कार्य सम्पादन गरेका थिए भने २०२२ मा महाधिवेशन संयोजक भएर जेसीजको प्रमुख कार्यक्रम सफलतापूर्वक आयोजना गरेका थिए ।
सन् २०२३ मा उपाध्यक्ष र २०२४ मा तालिम संयोजक भएर संस्थाको विकासको लागि रणनीतिक योजना निर्माण तथा कार्यान्वयन गराउन अग्रसर तथा जेसीजका सदस्यहरुको क्षमता अभिवृद्धिका आवश्यक प्रशिक्षणहरु प्रदान गरेका उनले बताए ।
पराजुलीलाई जेसिजभित्र मेहनती तथा सपलतापूर्वक जिम्मेवारी पुरा गर्ने सदस्यको रुपमा लिने गरिएको छ । आफुले पाएको जिम्मेवारीलाई उनले सधै कुशलतापूर्वक सम्पन्न गर्ने गरेको कारणले उनि जेसीआई हेटौंडा परिवारमा लोकप्रिय छन् ।
लायन्स क्लब अफ हेटौंडा नारायणी मलका पूर्व अध्यक्ष तथा सुन्दर युवा सञ्जालका उपाध्यक्षसमेत रहेका पराजुलीले यस पटक जेसीआई हेटौंडाको कार्यकारिणी उपाध्यक्ष भएर युवा उद्यमको क्षेत्रमा महत्वपूर्ण काम गर्ने इच्छा व्यक्त गरेका छन् ।
पराजुलीले कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै गर्दा जेसीजमा सदस्य सशक्तीकरण, दिगो नेतृत्व, समावेशी वातावरण र सुदृढ संस्थागत संरचना निर्माणमा अग्रसरताको प्रतिबद्धता गर्दै यस पटक आफुलाई विजयी गराउनको लागि जेसिज सदस्यहरुलाई अनुरोध समेत गरेका छन् ।