२०८१ बैशाख १६, आईतबार    

हेटौंडामा तीज विशेष कार्यक्रम’ सम्पन्न

२०८० भाद्र २३, शनिबार १५:३४ बजे

नेपाली कांग्रेस नगर समिति हेटौंडा उपमहानगरपालिकाले हरितालिका तीजको अवसरमा ‘तीज विशेष कार्यक्रम’ शनिबार सम्पन्न भएको छ ।

हेटौंडा–२ स्थित पल्पसा हलमा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा तीज विशेष कार्यक्रम आयोजना गरिएको हो ।

नगरसभापति उत्सव इटेनीको सभाध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य नानु बास्तोलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नगर उपसभापति डोल्मा स्याङ्बोका अनुसार तीज विशेष कार्यक्रममा करिब एकहजार महिलाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगरको १९ वटा वडा र कांग्रेसबाट स्थानीय तहमा विजयी भएका महिलालाई समेत सहभागी थिए । सहभागीहरुलाई लोक कलाकार प्रतिमा अर्यालले तीज तथा विझिन्न दोहोरी गीतको माध्यमबाट नचाएकी थिइन् ।

कार्यक्रमका वत्ताहरुले तीजलाई महिलाले विशेष पर्वको रुपमा मात्र नभएर सशक्तिकरणको माध्यम समेत मान्न जरुरी रहेको औंल्याएका थिए ।