२०८१ बैशाख १३, बिहीबार    

नोभिस बक्सिङमा शनिबार मेडलको छिनोफानो

२०७९ चैत्र ३, शुक्रबार १८:५० बजे

हेटौंडामा जारी अल नेपाल नोभिस बक्सिङ प्रतियोगितामा शुक्रबार सम्पूर्ण तौल समूहको फाइनल पुग्ने खेलाडीको टुंगो लागेको छ ।

मकवानपुर जिल्ला बक्सिङ र बागमती प्रदेश खेलकुद विकास परिषदको संयुक्त आयोजनामा जारी नोभिस बक्सिङमा १६ वटा तौल समूहमा खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन् । सम्पूर्ण तौल समूहको विजेता र उपविजेताको टुंगो शनिबार लाग्नेछ ।

प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लवका १५० पुरुष र २८ जना महिला गरी १७८ जना खेलाडी सहभागी छन् । प्रतियोगितामा १७ देखि २१ वर्ष उमेरसम्मका खेलाडी सहभागी थिए । पुरुषतर्फ ९ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।