२०८१ बैशाख २०, बिहीबार    

राम थापालाई स्वतन्त्र उम्मेदवार क्षेत्रीको समर्थन

२०७९ बैशाख २७, मंगलबार १०:२२ बजे

हेटौंडा-८ का अर्का वडाध्यक्षका एक उम्मेदवारले पनि नेपाली कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन् ।

हेटौंडा-८ का सनातन नेपाली पार्टीका उम्मेदवार  ध्यान बहादुर क्षेत्री नै कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवार राम थापालाई समर्थन गर्दै मत मागिरहेका हुन् । सचेत नेपाली पार्टीबाट  वडा अध्यक्षका उम्मेदवार बनेका क्षेत्रीले कांग्रेसका वडा अध्यक्षका उम्मेदवार थापालाई भोट मागिरहेका छन् ।

क्षेत्रीले नेपाली कांग्रेस नेतृत्व गठबन्धनका वडा अध्यक्षका साझा उम्मेदवार राम  थापालाई तन, मन, बचनले सहयोग गर्ने निर्णय गरेको बताए । यस अघि  कमल थापा नेतृत्वको राप्रपा नेपालका अर्जुन ढुङ्गाना र अर्का स्वतन्त्र उम्मेदवार राम बहादुर घतानी सागरले पनि थापालाई समर्थन गरिसकेका छन् ।

वडा नम्बर ८ मा नेपाली कांग्रेस,माओवादी केन्द्र,नेकपा एस,राप्रपा,जसपा संयुक्त रुपमा चुनावी मैदानमा रहेका छन् भने एमाले एकल चुनावी मैदानमा होमिएको छ। ।