२०८१ बैशाख १६, आईतबार    

लागूऔषधसहित सुनिल देउला पक्राउ

२०७९ असार ७, मंगलबार १८:०४ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध प्रतिबन्धित लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले गस्तीको क्रममा हेटौंडा–१५ चुरियामाई स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा उनलाई पक्राउ गरेको हो । पथलैयाबाट हेटांैडातर्फ आउँदै गरेको बा. २५ प १२४ नम्बरको मोटरसाइकल चेकजाँज गर्ने क्रममा प्रहरीले हेटौंडा–४ का २७ वर्षीय सुनिल देउलाले लुकाएर ल्याएको ६५ बोतल लागूऔषध फेला परेको हो ।

सुनिल र मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरी थप अनुसन्धान अगाडि बढाएको छ ।