२०८१ बैशाख २०, बिहीबार    

दलित महिला र विद्यार्थी उपमहानगरको सहयोग

२०७९ जेठ ३०, सोमबार ११:०४ बजे

हेटौंडा उपमहानगरपालिकाले दलित महिला र विद्यार्थीलाई नगद सहयोग गरेको छ । उपमहानगरले आइतबार दलित महिला तथा बालबालिका लक्षित कार्यक्रमअन्तर्गत् उनीहरुलाई सहयोग रकम उपलब्ध गराइएको हो ।

उपमहानगरले आयआर्जनमा सहजता होस् भन्ने उद्देश्यले आठ जना दलित महिलालाई जनही २० हजार रुपैया र विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि दशजनालाई जनही दश÷दश हजार रुपैया“ सहयोग गरिएको हो ।हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया“ले ३५ जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री समेत प्रदान गरेका थिए । दलित बर्ग उत्थान नगर समन्वय समितिका अध्यक्ष रामबहादुर नेपालीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा कल्पना विश्वकर्मा, समन्वय समिति सहसचिव लक्ष्मी विश्वकर्मा र कोषाध्यक्ष मञ्जु रोक्कालगायत सहभागी थिए । कार्यक्रममा उपमेयर बानिया“ले जातिय भेदभाव हटाउन आवश्यक रहेको औंल्याए । ‘दलित बालबालिका मात्र होइन । उपमहानगरभित्रका सम्पूर्ण बालबालिकाको शिक्षामा हामी सहयोग गर्छौ । कसैलाई अप्ठेरो परेको जानकारी मात्र हामीलाई चाहियो । ’, उनले जातिय विभेद र छुवाछुतको विषय समाजबाट पूर्णरुपमा हटाउन जरुरी रहेको औंल्याए ।