२०८१ आश्विन २६, शनिबार    

मन्त्री खड्काद्वारा खानेपानीको अनुगमन

२०८१ श्रावण २८, सोमबार १८:२७ बजे

वाग्मती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री श्याम बहादुर खड्काले मकवानपुरको बागमती गाउँपालिकाको खानेपानी तथा सिचाईंको अवस्थाको बारेका अनुगमन गरेका छन् ।

वर्षौदेखि चौराह खोला र बागमती नदीका कारण समस्यामा परेका स्थानीयहरुको आग्रह अनुसार मन्त्री खड्काले सो क्षेत्रको निरक्षण गरेका हुन् । चौराह खोला र बागमती नदीले बागमती गाउापालिकाका वडा नम्बर १,६,७ र ८ को खेतीयोग्य जमिन वर्षेनी कटान हुने गरेको छ ।

२०५० सालयता हालसम्म यी क्षेत्रका करिब ५ सय बिगाह खेतीयोग्य जमिन नदीले कटान गरेको बागमती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष इन्द्रमणी तिमल्सिना केशवले बताए । नदीले निरन्तर खेतीयोग्य जग्गा कटान गर्नथालेपछि स्थानियहरुले सास्ती भोगिरहेका छन् । नदी कटान क्षेत्रमा तटबन्ध निर्माण गरि समस्या समाधान गरिदिन उहाँले मन्त्री खड्का समक्ष आग्रह गरे ।

वडा नम्बर ८ मा मात्रै करीब १ हजार मिटर तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले जानकारी गराए । निरीक्षणपछि मन्त्री खड्काले आफू यस विषयमा गम्भिर भएको बताउँदै समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाए । स्थानीयको जनगुनासलाई मध्य नजर गर्दै प्रदेश सरकारले तटबन्ध निर्माण र खानेपानी समस्या समाधानमा पहल गर्ने बताए ।

अनुगमनमा जलस्रोत तथा सिचाई विकास डिभीजनका कार्यलय मकवानपुरका डिभीजन प्रमुख निर्मल दहाल, ईन्जियर दिनेश पोखरेल,निजी सचिव विष्णु खतिवडा लगायतको सहभागीता रहेको थियो ।