२०८१ बैशाख १५, शनिबार    

मन्त्रिपरिषदको वैठक बस्दै, चुनावको मिति घोषणा हुनसक्ने

२०७९ श्रावण १७, मंगलबार १४:४३ बजे

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो ३ बजे मन्त्रालयका सचिवहरूसहित मन्त्रीहरूलाई बैठकमा बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा प्रधानमन्त्री देउवाले सरकारका विभिन्न काम कारबाहीका विषयमा निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । तर मिति भने घोषणा भइसकेको छैन । प्रधानमन्त्री देउवाले यसअघि २१ पुसमा पनि यस्तै संयुक्त बैठक राखेर जनताको अपेक्षाअनुसार गर्न भन्दै निर्देशन दिएका थिए ।