२०८३ बैशाख ५, शनिबार    

हेटौंडामा कृषि महोत्सव हुने

२०८२ चैत्र १०, मंगलबार १६:५७ बजे

हेटौंडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला २०८२ आयोजना हुने भएको छ ।

हेटौंडा–२ स्थित पल्पसा सभाहलमा चैत १३ गतेदेखि १६ गतेसम्म प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला हुने भएको हो । मकवानपुर उद्योग बाणिज्य संघको आयोजना, बागमती प्रदेश सरकारको सहयोग र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा मेला आयोजना गर्न लागिएको हो ।

आयोजक संघ अध्यक्ष प्रमोदसिंह रानाभाटले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै मेलाको तयारी  सुरु भइसकेको जानकारी दिए । उनका अनुसार मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसूदन पौडेलले गर्नेछन् ।

मेलामा ४० वटा स्टल रहनेछन् ।  कोदो, जुनेलो, फापर, अचार, बाटेको धुप, केराको कप, म्याट, मस्यौरा, जुनारको जुस, अल्लोको समान, च्याउ, माछा, डेरी प्रोडक्टलगायत बस्तुको प्रदर्शनी हुनेछ । मेलामा करिब ५ लाख ७५ हजार १७८ रुपैयाँ खर्च अनुमान आयोजकले गरेको छ ।