२०८१ बैशाख १७, सोमबार    

प्रतिफल बचतमा जोशी निर्विरोध निर्वाचित

२०८० भाद्र २३, शनिबार १४:४७ बजे

प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–२, मनकामना चोकको अध्यक्षमा दिलिस गोविन्द जोशी निर्विरोध निर्वाचित भएका छन् ।
सहकारी शनिबार हेटौंडामा भएको १० औं साधारणसभा तथा चौथो अधिवेशनबाट जोशी निर्वाचित भएका हुन् । सहकारी उपाध्यक्षमा निलम श्रेष्ठ, सचिव कमल गौतम, कोषाध्यक्ष यदुनाथ तिमिल्सिना तथा सदस्यहरुमा राजेश्वर दाहाल, समेन्द्र पौडेल, हरिगोपाल सापकोटा, हरि श्रेष्ठ र मेनुका पौडेल चयन भएका छन् ।
अधिवेशनले लेखा समिति संयोजकमा गोकर्णप्रसाद बर्तौला तथा सदस्यद्वयमा रुपेश खतिवडा र अजिव भट्टराईलाई चयन गरेको छ ।