२०८३ भाद्र १६, मंगलबार    

अवैध लागूऔषधसहित २ जना नियन्त्रणमा

२०७८ फाल्गुन ९, सोमबार १८:२८ बजे

हेटौंडा/  मकवानपुर प्रहरीले अबैध लागूऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.४० प ६४७८ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोटरसाइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका–९ वस्ने वर्षीय ४२ को ईश्वरबहादुर उदास र २४ वर्षीय सन्दिपकुमार श्रेष्ठलाई अवैध लागूऔषध नाइट्राभेट् ३०० ट्याब्लेट, नुर्फिम ५३ एम्पुल, डाइजेपाम ५० एम्पुल, फेनारगन ५६ एम्पुलसहित पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाइकल र उनीहरुलाई नियन्त्रण्मा लिएर जिल्ला अदालतबाट १८ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।