हेटौंडा–१ चाइनाक्वाटरमा रहेको अमर माध्यमिक बिद्यालयलाई बालमैत्री बिद्यालय घोषणा गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले बिद्यालयले बालमैत्री घोषणाका लागि आवश्यक २६ सूचक पुरा गरेसँगै बालमैत्री स्थानीय शासन युक्त बिद्यालय घोषणा गरेकी हुन् ।
बालमैत्री बिद्यालय घोषणा गर्दै नगर प्रमुख लामाले भोलीका कर्णधारलाई सक्रिय बनाउँनाका लागि उपमहानगरले योजना बनाएर काम गरिरहेका बताइन् ।
बिद्यालय बाल सञ्जालका अध्यक्ष बिकल्प अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ, हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपाने, हेटौंडा १० का अध्यक्ष फुर्वा दोर्जे तामाङ, कार्यपालिका सदस्य इश्वरी रसाईली, वडा सदस्य मनु दाहाल, महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, बिद्यालय व्यवस्थापन समितिका सदस्य मानबहादुर लामा लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बिद्यालयमा अध्यनरत १ देखि ८ कक्षा सम्मका बिद्यार्थिहरुलाई छात्रबृत्ती प्रदान गरीएको थियो ।