२०८१ बैशाख १९, बुधबार    

उपमहानगरद्वारा १०० दिनको प्रगति सार्वजनिक

२०७९ भाद्र १९, आईतबार १८:३१ बजे

हेटौंडा उपमहानगरपालिकाले एकसय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरेर आफूले अगाडि बढाएको कार्यबारे जानकारी दिएको हो ।

उपमहानगरपालिकाले यसअवधिमा प्रत्येक घरधुरीलाई दश हजार लिटर खानेपानी नि: शुल्क वितरण सुरु गरेको जनाएको छ । उपमहानगरपालिभित्र बसोबास गर्ने अतिविन्न १५४१ परिवारलाई स्वास्थ्य वीमा गरिएको मेयर मीना लामाले जानकारी दिइन् । उनका अनुसार तीनपांग्रे सवारी र पार्किङ व्यबस्थापन गर्ने सन्दर्भमा स्टिकर टाास गर्ने कार्य सुरु भएको । हालसम्म मयुरी ३०३ र अटो ११२२ गरी जम्मा १४२५ तीन पांग्रे सवारीमा स्टिकर टाास गरिएको छ ।

रेडक्रससंग सम्झौता गरी चालु आर्थिक बर्षमा समेत नगरबासीहरुलाई नि:शुल्क रक्तसेवा शुरु गरिएको र हटिया र पदमपोखरी स्वास्थ्य चौकीकोस्तर बृद्धि गरी आधारभूत अस्पतालको रुपमा सञ्चालन गरी हाललाई ओपिडि, प्रयोगशाला र स्वास्थ्य वीमाको औषधी वितरण गर्ने प्रयोजनको लागि चिकित्सक भर्ना प्रक्रिया र वीमा सेवा अनुमती प्रकृया अगाडि बढाइएको जनाइएको छ ।