२०८१ बैशाख २८, शुक्रबार    

प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

२०७८ चैत्र ९, बुधबार १६:२१ बजे

वाग्मती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ ।

बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश मन्त्रिपरिषद्को आजै राति १२ बजेबाट लागू हुने वैठकले नवौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यादब शर्मा समक्ष सिफारिस गरेको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेको छ ।

‘अधिवेशन अन्त्य भएको छ । अब छिट्टै बजेट अधिवेशन सञ्चालन गर्ने तयारीमा सरकार रहेको छ । ’, कृषि तथा पशुपक्षी विकास मन्त्री बसुन्धरा हुमागाईंले भने । मन्त्रिपरिषद्को उक्त निर्णय प्रदेश प्रमुख शर्मा समक्ष पठाइएको छ । प्रदेश प्रमुखले उक्त पत्रमा सिफारिस गर्दै प्रदेशसभालाई अधिवेशन अन्त्य भएको जानकारी गराउनेछन् ।

प्रमुख प्रतिक्षी नेकपा एमालेका कारण ८१ दिन अवरुद्ध प्रदेशसभा बैठक पुन: सञ्चालन भएपछि दुईवटा बैठक बसेर अधिवेशन अन्त्यको तयारीमा सरकार पुगेको थियो ।