वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदैछन् ।
नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि बुधवार विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा वैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
दिउँसो १ बजे बस्ने प्रदेशसभाको वैठकमा सत्तारुढ अर्को दल नेकपा एमाले उपस्थित हुने वा नहुने अझै टुंगो लागेको छैन । जसको कारण प्रदेशसभाको वैठक अन्यौलमा परेको छ ।
नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्याएर विश्वासको मत लिन लागेका हुन् । राप्रपा प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो ।
राप्रपाले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फागुन १३ गते फिर्ता बोलाएकाले चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने सरकारसँग बाध्यता छ ।