२०८१ बैशाख २०, बिहीबार    

लथालिंग प्रदेश सरकार

२०८० श्रावण १६, मंगलबार १०:१९ बजे

प्रदेशसभा निर्वाचन भएको आठ महिना बित्दा पनि प्रदेश सरकारहरूले लय समात्न सकेका छैनन् ।

वाग्मती प्रदेश सरकार यसवीचमा पटक पटक परिवर्तन भइसकेको छ । सरकारको नेतृत्व एउटै भएपनि सहभागी दलहरु क्रमशः फेरिएको छ ।  वाग्मतीमा कांग्रेसका रामकृष्ण चित्रकार करिब दुई महिनादेखि बिनाविभागीय मन्त्री छन् । अघिल्लो कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १४ मन्त्रालय रहेको वाग्मतीमा पुसमा मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्कट्टेलले मन्त्रालय संख्या ११ मा झारेका थिए । मन्त्रालय संख्या कटौती गरे पनि उनले गठबन्धनको दबाब थेग्न सकेनन् ।

जेठ ७ मा चित्रकारलाई बिनाविभागीय मन्त्री नियुक्त गर्दै १२ सदस्यीय मन्त्रिपरिषद् बनाए । एउटा मन्त्रालय थपेर चित्रकारलाई जिम्मेवारी दिने मुख्यमन्त्रीको तयारी सफल हुन सकेको छैन ।

कांग्रेस संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले मन्त्रालय विभाजन गरेर दुई–चार दिनमा चित्रकारलाई जिम्मेवारी दिने तयारी भइरहेको बताए ।