२०८१ बैशाख १२, बुधबार    

कांग्रेस र एकीकृत समाजवादीका कारण प्रदेशसभा प्रभावित

२०७९ माघ २३, सोमबार १३:२३ बजे

संसदीय समितिहरू गठन गर्ने कार्यसूची तय भए पनि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सदस्यहरूको नाम नपठाउँदा प्रदेशसभा बैठक प्रभावित भएको छ ।

आइतबार सर्वदलीय बैठक बसेर सोमबारको बैठकमा संसदीय समिति गठन गर्ने सहमति भए पनि सोमबार कांग्रेस र एकीकृत समाजवादीले सदस्यहरूको नाम पठाउन अरुचि देखाएपछि १२ बजेका लागि बोलाएको प्रदेश सभा बैठक निर्धारित समयमा बस्न नसकेको हो ।  

कांग्रेस र समाजवादीका नेताहरू सङ्घीय सरकारमा समेत समितिहरू गठन नभएको भन्दै अहिले नै समितिहरू गठन गर्न हतार नभएको बताउने गर्छन् । उनीहरुले  प्रदेश संसद् सचिवालयका सचिव र सभामुख मिलेर सत्तापक्षलाई बल पुग्ने गरी समिति गठनको प्रक्रिया अघि बढाएको आरोप लगाउँछन् । ‘सत्तापक्षलाई बल पुग्ने गरी एकलौटी गर्न खोजियो त्यसैले काँग्रेसले अहिले नै नाम पठाउँदैन’, कांग्रेसका एक सांसदले भनाइ छ । 

नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण खनाल पनि आफ्नो पार्टीबाट समितिमा पठाउने सदस्यहरूको नाम तयार भए पनि अहिले नै नपठाउने बताएछन् । ‘नामहरू फाइनल छ तर अहिले पठाउँदिन’, खनालको भनाइ छ । यसैबीच प्रदेश सचिवले कार्यव्यवस्था परामर्श समितिलाई बेवास्ता गर्दै सर्वदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठकका लागि सांसदहरु प्रदेशसमाभा पुगेका छन् ।