नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको जिल्ला भेला सम्पन्न भएको छ ।
हेटौंडा–२ स्थित नेपाली कांग्रेस कार्यालयमा भएको भेलाले चैतको ३० र ३१ गते काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । जिल्ला अध्यक्ष सविन भट्टाचार्यको सभाध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै उनले नेपाली खेकलुदले विस्तारै अन्तर्राष्ट्रियस्तरमा सफलता हात पारिरहेको अवस्थामा संघले खेलक्षेत्रको विकासमा टेवा पुर्याउनेमा विश्वास व्यक्त गरे ।
भेलालाई नेपाली कांग्रेस जिल्ला सचिव भीमसेन महत, नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ सचिव कविन सांगामी, नेपाल प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास विडारी, संघ नुवाकोट जिल्ला अध्यक्ष अनिलराज शाक्य तथा संघ जिल्ला सचिव कडेँललगायतले मन्तव्य व्यक्त गरेका थिए ।