२०८१ बैशाख १५, शनिबार    

नेपालले आज भारतसँग खेल्दै

२०८० भाद्र १८, सोमबार ०७:०९ बजे

नेपालले एसिया कपमा आज विश्व क्रिकेटको पावर हाउस भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा भारतविरुद्ध खेल्दैछ ।

नेपाली समय अनुसार दिउँसो २ः ४५ मा रोहित पौडेल टसका लागि जानेछन् । उनले टस भारतीय कप्तान रोहित शर्मासँग गर्नेछन् । जव रोहित टसका लागी जानेछन् त्यो नेपालको लागि एउटा ठूलो गर्वको क्षण हुनेछ । रोहित पौडेलका आदर्श खलाडी हुन् रोहित शर्मा । उनीसँगै टस गर्नेछन् । यस्तो अवसर विरलै खेलाडीले पाउँछन् ।

भारत नेपालको सबैभन्दा नजिकको छिमेकी हो । तर सिनियर स्तरमा भारतसँग भिड्न नेपालले २७ वर्ष पर्खनु पर्यो । नेपालले सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो । भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने अवसर पाएको हो । भारत र पाकिस्तानसँग खेल्न पाउनुनै नेपाल जस्तो देशका लागि एउटा उपलब्धी हो ।

भारतले टस जिते वा हारेपनि पहिला ब्याटिङ गर्ने सम्भावना देखिन्छ । भारत नेपालविरुद्ध रनको वर्षा गराउने रणनीतिमा हुनेछ । नेपाल आफ्नो बलिङ परिक्षा गर्न चाहन्छ ।