२०८१ बैशाख १७, सोमबार    

जुनियर तेक्वान्दो खेलाडीको बिदाई

२०८० माघ २३, मंगलबार १९:०७ बजे

चौथो संस्करणको बागमती प्रदेसस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको तर्फ बाट सहभागि बन्ने खेलाडिहरुको बिदाई गरीएको छ ।

माघ २५ गते बिहीवार देखि सनिवार सम्म काठमाण्डौंमा हुने प्रतियोगितामा सहभागिता जनाउँने बिभिन्न तौल समुहका खेलाडिलाई हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई र नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र घिमिरेले बिदाई गरेका हुन् ।

काठमाण्डौ महानगरपालिकाको मुख्य प्रायोजनमा जैशिदेवल युथ क्लबको आयोजनामा हुने मेयर कप तेक्वान्दो प्रतियोगितामा मकवानपुरबाट बाट २० जना खेलाडीले सहभागिता जनाउँने छन् । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाबाट पुरुष १० र महिला १० गरी २० जना खेलाडीहरु छनोट भएका छन् ।

छनोट हुनेमा महिलातर्फ शितल बर्तौला, माधुरी घलान, निर्जला माझी, सुहासना राना मगर, सुस्मा घलान, सुजना कुँवर, रोशनी मोक्तान र अनिशा बिक रहेका छन् । पुरुषतर्फ विवेक श्रेष्ठ, कृष थिङ, संयोग माझी, प्रिन्स शाह, असिम कुँवर, सुशान्त श्रेष्ठ, जेनिश कार्की र कार्साङ थिङ रहेका छन् । यस्तै, पुम्सेतर्फ सुहान गुरुङ, चाँदनी हुयु, कविन राई र रोशनी राई रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकाभित्रका खेलाडीहरुबीच प्रतिस्पर्धा गराई प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीहरुलाई छनोट गरिएको मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले बताए । सहभागी भएका खेलाडीहरुको प्रतिनिधित्व गर्न टिम कोचको रुपमा तेक्वान्दो कार्यसमितिका सचिव विक्रम लामिछाने र म्यानेजरको रुपमा रवीन्द्र डंगोल माघ २४ गते काठमाडौं जानेछन् । उपमहानगरको प्रतिनिधित्व गर्दै जाने खेलाडी तथा कोचलाई नगर प्रमुख र उपप्रमुखले बिजयी बनेर फर्कन शुभकामना दिएका थिए ।