२०८१ बैशाख १६, आईतबार    

मकवानपुरसँग पुलिस पराजित

२०७९ पौष २५, सोमबार १७:२२ बजे

पाँचौं संस्करणको वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ मा ए डिभिजन टोली नेपाल पुलिस क्लब मकवानपुर–११ सँग पराजित भएको छ ।

सोमबार मकवानपुरको पूर्वीक्षेत्रस्थित फापरबारीमा भएको खेलमा मकवानपुर २–१ गोलअन्तरले विजयी भएको हो । मकवानपुरको जीतमा अलिस चौलागाईं र अनिश महर्जनले गोल गरेका थिए । पुलिसका लागि रवि पाश्वानले एक गोल गरेपनि हार टार्न सकेनन् ।

मकवानपुरका महर्जन खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । उनले नगद पाँचहजार रुपैयाँ प्राप्त गरे ।