२०८० चैत्र १६, शुक्रबार    

वाग्मती गोल्डकपमा जाउलाखेलको रवाफ

२०७९ पौष २४, आईतबार १७:३६ बजे

पाँचौं संस्करणको वाग्मती गोल्डकपमा जाउलाखेल युथ क्लबले आयोजकमाथि रवाफपूर्ण जीत हात पारेको छ ।

आइतबारबाट फापरबारीमा सुरु भएको पाँचौं संस्करणको वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उद्घाटन खेलमा जाउलाखेलले फराकिलो जीत दर्ता गराएको हो । जाउलाखेलले आयोजक वाग्मती गाउँपालिकामाथि ५–० गोलअन्तरले विजयी भएको हो । जाउलाखेलको जीतमा ह्युसुव थपलियाले तीन गोल गरे । उनी खेलको म्यान अफ दी म्याच घोषित भए ।

खेलमा सुनिल खड्का र समिरराज थोकरले एक/एक गोल गरेका थिए । सोमबार मकवानपुर–११ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेशकी सामाजिक विकास मन्क्री कुमारी मोत्तानले गरेकी थिइन् ।

प्रतियोगितामा सातवटा ए डिभिजन, एउटा विदेशीसहित दश टोलीको सहभागिता रहेको छ ।