२०८३ श्रावण १९, मंगलबार    

भेट्रान्सको फाइनलमा काठमाडौं र पोखरा भिड्ने

२०७९ पौष २२, शुक्रबार १७:४३ बजे

हेटौंडामा जारी आठौं राष्ट्रिय भेट्रान्स एट ए साइट फुटलब प्रतियोगिताको उपाधिका लागि काठमाडौं र पोखरा भिड्ने भएको छ ।

हेटौंडा–५ स्थित क्याम्पाडा“डा खेल मैदानमा भएको सेमिफाइनलमा सिमरा भेट्रान्स बारालाई ४–० गोलअन्तरले पराजित गर्दै काठमाडौंको बानेश्वर भेट्रान्स उपाधि नजिक पुगेको हो । पोखराको एबीसी भेट्रान्सले टाइब्रेकरमा मनाङ मस्र्याङदीलाई ३–२ गोलअन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो । फाइनल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।