२०८१ बैशाख ८, शनिबार    

उपमहानगरले दियो ११५० वटा डेंगु किट

२०७९ भाद्र २१, मंगलबार १८:५४ बजे

हेटौंडा बजार क्षेत्र सहित मकवानपुरमा फैलदै गरेको डेंगो संक्रमितको उपचारमा सहयोग पुर्‍याउन हेटौंडा उपमहानगरपालिकाले डेंगो किट हस्तान्तरण गरेको छ ।

किटको अभाबका कारण उपचारमा समस्या भएको जनगुनासो पछि संक्रमितको उपचारमा सहयोग पुर्‍याउन हेटौंडा उपमहानगरपालिकाले ११ सय ५० थान किट उपलव्ध गराएको हो ।

उपमहानगरपालिकाकाले उपलव्ध गराएको किट उपप्रमुख राजेश बानियाा, प्रवक्ता सबिन न्यौपाने र हेटौंडा २ का अध्यक्ष बिष्णुगोपाल महर्जनले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटा र अस्पताल सञ्चालक समितिका सदस्य हिरा लामालाई हस्तान्तरण गरेका थिए ।

किटको अभाबका कारण डेंगोका आशका लागेर अस्पताल आएका बिरामिलाई उपचारमा असहज भएको अवस्थामा उपमहानगरपालिकाले गरेको सहयोगले ठुलो अर्थ राख्ने किट बुझदै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सापकोटाले बताए । जनताले सेवा नपाएको गुनासो पछि अभाब देखिएको किटको जोहो गरेर उपचार सेवालाई सुचारु गर्न सहयोग गरेको उपमहानगरका उपप्रमुख बानियााले बताए ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अहिले सम्म ७२३ मानिसमा डेंगोको संक्रमण देखिएको छ । कार्यालयका प्रवक्ता लक्ष्मण घिमिरेका अनुसार बढिमात्रामा हेटौंडा बजार क्षेत्रको ४ र ५ नम्बर वडामा डेंगोको संक्रमणका बिरामि पाईएको छ ।