२०८० चैत्र १६, शुक्रबार    

राजेशपायलको सरप्राइजः २६ वर्ष कान्छी प्रेमीकाबाट पुत्रलाभ

२०७९ आश्विन १५, शनिबार १०:४२ बजे

गायक राजेशपायल राईलाई अहिले पनि सबैले सोध्ने प्रश्न हो– विवाह कहिले गर्ने ? उनले आफूलाई अहिलेसम्म अविवाहित व्यक्तिकै रुपमा पेश गरिरहेका छन् । तर, सबैलाई आश्चर्यमा पार्ने खबर यो छ कि उनी एक सन्तानका बाबु हुन् ।

राजेशपायल केही समयदेखि साङबुङ राई नामकी युवतीसँग लिभइनमा थिए । करिब दुई महिनाअगाडि उनीहरुलाई पुत्रलाभ भएको निकटस्थ स्रोतले बतायो । यो खबरलाई राजेशपायलले अहिलेसम्म गोप्य राखेका छन् ।

उमेरले राजेशपायलभन्दा २६ वर्ष कान्छी हुन् साङबुङ । राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २०वर्षकी छिन् । उनी साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएकी थिइन् । बताइएअनुसार एक साथीमार्फत अनौपचारिक तवरले उनीहरुको भेट भएको थियो । दुवै एक–अर्काप्रति आकर्षित बनेका थिए । त्यसपश्चात केही समयको अफेयरपछि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको निकटस्थ स्रोतको भनाइ छ ।

 

साङबुङसँगको प्रेम सम्वन्धलाई राजेशपायलले कहिल्यै सार्वजनिक गर्न चाहेनन् । साङबुङले भने बेलाबखत राजेशपायलसँग टिकटक भिडियोहरु बनाएर हाल्ने गर्थिन् । त्यसबाट कतिपयलाई उनीहरुको सम्वन्धबारे आशंका नभएको होइन । तर, एकदमै निकटबाहेक कसैलाई पनि एकिन थिएन ।

दुई महिना अगाडि काठमाडौंको एक अस्पतालमा साङबुङले छोरा जन्माएपछि टिकटकमा एउटा तस्वीर पोष्ट गरेकी थिइन् । लभ इमोजी सहित पोष्ट गरेको उक्त तस्वीर उनले केहीबेरमै हटाइन् । राजेशपायलको दवावमा तस्वीर हटाएको अनुमान गरिएको थियो ।

उनीहरुले विवाह गरिसकेका छन् वा छैनन् भन्ने खुलेको छैन । काठमाडौंको शान्तिनगर र नक्सालमा दुईवटा घर छन् राजेशपायलका । नक्सालको घरमा राजेशले आफ्नी प्रेमिकालाई राखेका छन् । (नेपाल प्रेसबाट)