२०८१ बैशाख १४, शुक्रबार    

गायक प्रमोद खरेल सवार कार दुर्घटना

२०७९ बैशाख १५, बिहीबार १४:१० बजे

चर्चित गायक प्रमोद खरेल सवार कार दुर्घटनामा परेका छन् । 
दाङको तुलसीपुरमा हुने कार्यक्रमका लागि जाने क्रममा उनीसहित ३ जना कार दुर्घटनामा परेका हुन् । उनले फेसबुकमार्फत् आफू दुर्घटनामा परी घाइते भएको जानकारी दिए । सामान्य घाइते भएकाले उनीहरु उपचारपछि डिस्चार्ज भएका छन् । खरेलले आफु काठमाडौं आइपुगेको बताएका छन् ।