२०८१ बैशाख १५, शनिबार    

‘हार्न नसक्ने मान्छे म’ को लोकार्पण

२०८० भाद्र २३, शनिबार १५:३७ बजे

कवि गणेशकुमार तिमल्सिनाद्वारा लिखि कविता तथा गजल संग्रह ‘हार्न नसक्ने मान्छे म’ को लोकार्पण भएको छ । मामाघर नेपालमा कार्यक्रमको कायोजना गरि मामाघरमा आश्रित पाँचजना भाञ्जाहरुले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

पुस्तकको विषयमा बोल्दै पुस्तकका सम्पादक समेत रहेका कवि निमेष निखिलले तिमल्सिनाका कविता र गजलहरु उत्कृष्ट रहेको बताए । जीवन भोगाईका सुखदुखात्मक अवस्था र अनुभूतिको अभिब्यक्तिनै तिमल्सिनाको कविताको मूल भाव रहेको उनले बताए । प्रतिकुल समयसँग पौँठेजोरी खेल्ने हिम्मत र बाटो बिराएको राजनीतिले सहि बाटो पहिल्याउनुपर्छ भन्ने सन्देश उनको कविता तथा गजलमा समेटिएको उनको भनाई थियो।

कार्यक्रममा बोल्दै कवि आरसि रिजालले तिमल्सिनाको कविता तथा गजलहरुले वर्तमान मानिसहरुको भावनालाई बोलेको बताए । लामो समयदेखि विभिन्न पत्रपत्रिकामा आफ्ना रचनाहरु प्रकाशन गर्दै आईरहेका तिमल्सिनाले कृति प्रकाशन मार्फत समाजमा भएको समसामयिक विषयलाई उजागर गर्न खोजेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै अनलाई मिडिया एसोसियसन (ओमान) का अध्यक्ष धर्मेन्द्र दाहालले तिमल्सिनाको कविता तथा गजल संग्रहले मकवानपुरे साहित्यमा थप योगदान दिएको बताए । उनले कविता तथा गजल मार्फत समाजमा ब्याप्त असन्तोष, राजनीतिक खिचातानीलाई ब्याङ्ग्य गर्न खोजेको दाहालको भनाई थियो ।

कार्यक्रममा बोल्दै कृतिकार तिमल्सिनाले आफुले लामो समयबाट साहित्यको क्षेत्रलाई नियालेको, विभिन्न समाचार माध्यममार्फत आफ्ना कविता, गजल सहितका साहित्यक विचारहरुलाई प्रस्तुत गर्ने गरेको बताए ।

“हार्न नसक्ने मान्छे म” आफ्नो पहिलो पुस्तक भएको भन्दै उनले आगामी दिनमा अन्य साहित्यीक कृतिहरुको तयारी गरेको बताए । कार्यक्रम मामाघर नेपालका अर्पण पराजुलीको अध्यक्षतामा भएको हो ।