२०८१ बैशाख ११, मंगलबार    

वाग्मतीमा ५५ वर्षीया महिला मृत भेटिइन्

२०७९ श्रावण २८, शनिबार ०९:१८ बजे

मकवानपुरको पूर्वीक्षेत्रमा पर्ने वाग्मती–१, बोटगाउँमा ५५ वर्षीया महिला मृत अवस्थामा फेला परेको छ ।

घरबाट करिब एकसय मिटर दक्षिणमा पर्ने सडकमा ५५ वर्षीया दमकुमारी राई मृत अवस्थामा फेला परेको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार घटनाको विषयमा बुझ्दा मृतक महिला अत्याधिक मदिरा सेवन गरी हिँड्ने गरेको पाइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।