२०८२ जेठ ३, शुक्रबार    

अपडेट : भीमफेदीमा सवारी दुर्घटनाहुँदा २ जनाको मृत्यु तीन गम्भीर

२०८१ जेठ १६, बुधबार १८:४८ बजे

अनियन्त्रित भएर सवारी दुर्घटनाहुँदा मकवानपुरमा दुईजनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा मंगलबार दिउँसो भएको कार दुर्घटनामा एक बालक र एक युवकको मृत्युहुँदा तीनजना गम्भीर घाइते भएका हुन् ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.६ च ९३६९ नम्बरको कार अनियन्त्रितहुँदा दुर्घटना भएको हो । कार सडकबाट करिब दुईसय ५० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक र घाइतेहरुको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय भीमफेदीबाट गएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १ वर्षीय बालक र करिब ४० वर्षीय युवक रहेका छन् । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेलाई थप उपचारका लागि हेटौंडा ल्याइएको छ ।